तपाईँ सुन्दै हुनुहुन्छः

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाई क्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव आज भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button