तपाईँ सुन्दै हुनुहुन्छः

महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग

बाँके । बाँकेमा अल्पसङ्ख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउत विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुटहुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो “हाम्रो समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्नुपर्ने छ, मगन्ता बस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ”, जवन्तीले भन्नुभयो, कार्यपालिका बैठकमा पटक पटक हाम्रो समुदाय र बस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन नभएको दुःखेसो पोख्नुभयो ।

सूचीकृत गराएर राज्यबाट सेवा सुविधा दिलाउनु जवन्तीको प्राथमिकतामा परेको छ । जवन्तीले भन्नुभयो,“जनता आवास कार्यक्रम पारेर फुसका घरलाई विस्थापित गर्ने काम सुरु भएको छ, बाटोघाटो बनाउने, मागेर गुजारा चलाउनेहरूलाई आयआर्जनमा लगाउनु, शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउनु हाम्रो समुदायका आवश्यकता छन् ।”, उहाँले भन्नुभयो “गाउँपालिकाले वडा र महाउत बस्तीका लागि बजेट तथा कार्यक्रम विनियोजन नगर्दा सोचेजस्तो काम हुन सकेको छैन ।”

मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्टाएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, थाहा पाउन सकेको केलाराम महाउत गुनासो गर्नुभयो ।

अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समयमा आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको महाउतको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button