तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी विश्व विद्यालयको मुख्य प्रशासकीय भवनको शिलान्यास

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा महानगरपालिका–३२, स्थित गण्डकी विश्व विद्यालयको मुख्य प्रशासकीय भवनको शिलान्यास गर्नु भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ११ करोडको लागतमा निर्माण हुन लागेको प्रशासनिक भवन ‘विश्व शिक्षा दिवसको अवसर’ मा शिलान्यास गर्नुहुँदै प्रदेशको पूर्ण लगानीमा सञ्चालित विश्वविद्यालयको स्थापनासँगै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अग्रसर रहेको विद्यालयले नयाँ प्रविधियुक्त शिक्षा दिन विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले असल कार्यमा एकताबद्ध हुन सबैलाई आग्रह गर्दै प्रविधि मैत्री विश्वविद्यालयको रुपमा विकास गरी शैक्षिक अनुशासन कायम राख्न सुझाव दिनुभयो ।

विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले स्रोत जुटाउँदै विश्व विद्यालयलाई अगाडि बढाउन आफु सदैव प्रयत्नरत रहेको बताउनुभयो ।

विश्वविद्यालयले स्नातक तहका आइटी, फार्मेसी, बिबिए, स्पोर्ट्स म्यानेजमेन्ट र आर्ट्स, कानुन र मास्टर अफ इन्फरमेसन टेक्नोलोजी (एआई) सङ्काय गरी छ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी आजै मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पोखरा महानगरपालिका–२७ स्थित तालचोकमा मधेश कास्की सम्पर्क समाजले आयोजन गरेको नवदुर्गा पूजा समारोहको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री सतिस कुमार सिंहले मधेस कास्की सम्पर्क समाजले पोखरा र जनकपुरलाई जोडेको बताउँदै संस्कृतिको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button