तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा छेडेदह गोल्डकप हुने, विजेतालाई ३ लाख पुरस्कार

बाजुरा । बाजुरामा छेडेदह गोल्ड कप २०८१ सञ्चालन हुने भएको छ ।

छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कार्तिक १ देखि ७ गतेसम्म गोल्डकप हुन लागेको हो । हरेक वर्ष दशैं तिहार विशेष हुने फुटबल प्रतियोगिता यो वर्ष देखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताउनुभयो।

खप्तड छेडेदह गाउँपालिका र छेडेदह स्पोर्टस् क्लबको संयुक्त सहकार्यमा गोल्ड कप आयोजना हुन लागेको हो ।

गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशि घोषणा गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेल प्रतियोगिता मध्ये यो नै सर्वाधिक धनराशिको आयोजना रहेको दाबी क्लबले गरेको छ ।

खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button