तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरोमा परी एक जनाको मृत्यु

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आएका एक ट्रेकिङ समूहका भान्सेको सुख्खा पहिरोमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको सुख्खा पहिरोमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तीनजना जापानिज नागरिक सहितको ट्रेकिङ समूह कञ्चनजङ्घा आधार शिविरतर्फ जाने क्रममा शनिबार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इटहरीमा माथिबाट झरेको पहिरोमा परी राइको घटनास्थलमै मृत्यु भएको हो । ट्रेकिङ समूहका अन्य सबै जना सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button