तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।

प्रसाईँलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button