तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सुधार गर्दै जानुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।

२४औँ राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो ।

प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारले तयारी गरिरहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री काकीले स्वास्थ्य ऐनमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताउनुभयो ।

उहाँले नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालहरूको सुधार तथा व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा देशभरका करिब ३०० दन्त चिकित्सक भेला भएका छन् । सम्मेलनमा १६ जना वरिष्ठ दन्त चिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुति दिने तयारी छ । सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केस स्टडी’ का विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा दाँत सम्बन्धि उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धि उपकरणहरूसमेत प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button