तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा भोलिदेखि मुटु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै 

चितवन ।  नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन चितवनको रत्ननगर सौराहामा हुदैंछ । सौराहाको होटल सेभेन स्टारमा मुटुको भिडियो एक्स–रे (ईकोकाडियोग्राफी) सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते गर्ने  भएको हो । 

पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा भिडियो एक्स–रेको नयाँ प्रविधि भित्र्याउँदै नयाँ आयाम दिइने समाजका अध्यक्ष डा शङ्कर लौडारीले जानकारी दिनुभयो ।  

७ वटा भन्दा बढी देशका २ सय ५० बढी चिकित्सकहरूको सहभागिता रहने सम्मेलनमा मुटुको उपचारमा भिडियो एक्स–रे र उपचार,े  ईकोकाडियो ग्राफी सम्बन्धी प्रस्तुतीकरणबाट अनुभव र ज्ञान आदान प्रदान गरिने  डा. लौडारीले बताउनु भयो ।

सम्मेलनमा धेरै वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुने समाजका महासचिव सचिन ढुगेंलले बताउनु भयो । ‘ कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ ।’ ढुङ्गेलले भन्नुभयो ।

उहांँले  नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको र नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन उपलब्धिमूलक हुने बताउनु भयो । सम्मेलनमा विश्व र नेपालमा मुटु रोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटु रोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल हुने अध्यक्ष लौडारीको भनाई छ  ।

वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेका छन् ।  हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटु रोगी यसको सबैभन्दा बढी जोखिममा हुने विशेषज्ञ चिकित्सकले बताउँदै आएका  छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button