तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको पूर्णताका लागि संविधान संशोधन आवश्यक : उपमहासचिव ज्ञवाली 

जनकपुरधाम । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । 

एमालेका उपमहासचिव ज्ञवालीले आज जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले वर्तमान संविधानको कार्यान्वयनको अभ्यास गरेको नौ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीकमजोरी पुरा गर्नका लागि संविधान संशोधन गर्ने समय आएको बताउनुभयो । 

उपमहासचिव ज्ञवालीले संविधान कार्यान्वयनको ९ वर्षमा धेरै राम्रा उपलब्धि हाँसिल भएको बताउँदै मौलिक अधिकारहरू स्थापित हुन थालेको  र द्वन्द्व अन्त्य भएर मुलुक नयाँ कोर्समा अगाडि बढेको बताउनु भयो । 

उहाँले सङ्घीयता स्थापना भएको तीन वर्षमा नै तीनै तहका सकारले आ–आफ्नो तरिकाले काम गरेको विश्वमा नेपाल नै उदाहरण बनेको दाबी  गर्नु भयो । 

वर्तमान संविधानले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना  गरेको भए पनि त्यसका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । संविधानले परिकल्पना गरेको समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण भएन राजनीतिक अस्थिरता आउने खतरा रहेको ज्ञवालीले बताउनु भयो । 

उपमहासचिव ज्ञवालीले संविधानमा भएको समस्याहरूको समाधान गर्न तथा जनताको मागको सम्बोधन गर्नका लागि दुई ठूला दलले मुलुकको नेतृत्व गरेर संविधान संशोधनका विषयमा समझदारी गरेको जानकारी दिनु भयो । 

उहाँले प्रदेश सरकारले केही महत्वपूर्ण संघीय कानूनको अभावमा आफ्नो अधिकार पूर्ण रुपमा उपयोग गर्न नसकेको बताउँदै चाडै कानुनहरूको निर्माण हुनु पर्ने धारणा राख्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button