तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उहाँले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

ऊर्जा मन्त्री खड्काले संविधान स्थायी दस्ताबेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button