तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

दाङ । दाङको लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं. ६ को वेलदमारभन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २२ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शवलाई पोस्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button