तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस लिक हुँदा आगलागी 

धनकुटा । धनकुटा नगरपालिका–७ चिरबिरे चौतारामा ग्यास लिक हुँदा आगलागी भएको छ ।

बिहीबार दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगो लागेको हो। आगलागीबाट कोठाभित्रका भाँडावर्तन र फर्निचर जलेर नष्ट भएको छ ।

तर अन्य मानवीय वा गम्भीर क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो करिब आधा घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button