तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा पनि मनाइयो संविधान दिवस

धनकुटा । संविधान दिवस, २०८१ का अवसरमा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारले पनि संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। यसैक्रममा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर बिहीबार धनकुटामा पनि संविधान दिवस–२०८१ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति धनकुटाको आयोजनामा प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो।

धनकुटा बसपार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरि सुरु भएको प्रभातफेरी र्‍यालीले मदन चोक, चुवाको बोट, परिचय मोड, भीमसेन स्थान, भीमनारायण चोक हुँदै जिल्ला समन्वय समितिको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो। अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्टार राजकुमार दाहालले वर्तमान संविधानको कार्यान्वयन, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले कार्यपत्र प्रस्तुत गर्दै समावेशिताको यो संविधान कोशेढुंगा सावित भएको बताउनु भयो।

नेपालमा लामो समयको अन्तरालपछि २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनबाट बनेको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो। नेपाली जनताले गरेको पटक पटकको बलिदानीपूर्ण सङ्घर्ष र दोस्रो जनआन्दोलनबाट झण्डै ७ दशकपछि आफैले चुनेका जनप्रतिनिधिबाट संविधान बनाएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button