तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी प्रस्ताव (संशोधनसहित) सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयकमा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा सांसदहरुले राष्ट्रिय सभाबाट सन्देशसहित पठाइएका विधेयकहरू माथि प्रतिनिधिसभामा महत्वका साथ हेरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा संसद्को चालू अधिवेशन अन्त्यको सन्दर्भमा बोल्दै सांसदहरुले राष्ट्रिय सभामा विधेयकहरू अझ बढी दर्ता गरिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।

यससँगै राष्ट्रियसभाको चालू अधिवेशन आज रातिबाट अन्त्य हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button