तपाईँ सुन्दै हुनुहुन्छः

राज्य व्यवस्था समितिमा  प्रधानमन्त्री

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको अहिले बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनु भएको छ । 

बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्यबारे प्रष्ट पार्दै हुनुहुन्छ ।

प्रधानमन्त्री भएपछि उहाँ आज पहिलो पटक समितिको बैठकमा उपस्थित हुनु भएको हो ।  यस अघि साउन १६ गते समितिको बैठकमा उपस्थित हुन आमन्त्रण गरिएपनि प्रधानमन्त्री ओलीले आफु उपस्थित हुन नसक्ने पत्र पठाउँदै गृह मन्त्री रमेश लेखकलाई बैठकमा पठाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button