तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

बेइजिङ । चीनको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता भएको हो ।

भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्सा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गर्नुभयो ।

भेटमा सीपीसीका विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राख्नुभयो ।

महासचिव पोखरेलले आज छिन्हाई शहरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button