तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र पक्षधरहरूबिच गोलमेच जरुरी : पूर्व मन्त्री किराँती

भोजपुर । संविधान र लोकतन्त्रका पक्षधरहरूबिच पुन गोलमेच हुन जरुरी रहेको माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किराँतीले बताउनुभएको छ ।

२०८१ सालका नेपाली चाडपर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संघीय सांसद समेत रहनुभएका किराँतीले अस्तित्वमा रहेको शक्तिहरू एकजुट भएर लोकतन्त्र र संविधान मान्य बनाउने विषयमा गोलमेच गर्न जरुरी रहेको बताउनुभयो

उहाँले नजिकिएका सबै चाडपर्वहरूको शुभकामना दिनुहुँदै सांस्कृतिक, सामाजिक विविधता कायम राख्दै देखिएका विकृति र विसङ्गति हटाउँदै लानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button