विश्व बरियतामा प्रिन्सको छलाङ
काठमाडौं । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले ११औँ स्थानमा उक्लिनुभएको छ ।
एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा हुनुहुन्थ्यो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ ।
प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।
प्रतिक्रिया राख्नुहोस्