तपाईँ सुन्दै हुनुहुन्छः

महादेवा गाउँपालिकाद्वारा तीन सय फाइबर सिरक वितरण

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले चिसोबाट प्रभावित पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई आज आइतबार फाइबरको सिरक वितरण गरेको छ ।

महादेवा गाउँपालिकाको वडा नम्बर– १ कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले फाइबरका सिरक वितरण गर्नुभएको हो ।

गाउँपालिका उपाध्यक्ष यादवले ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको जानकारी गराउनुभयो । पालिकाबाट विनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button