सभामुखको उम्मेदवार टुङ्गो लगाउनुअघि कांग्रेसले अन्य दलसँग छलफल गर्ने
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले सभामुखको उम्मेदवारीका विषयमा अन्तिम टुङ्गो लगाउनुअघि विभिन्न दलहरूसँग छलफल गर्ने जनाएको छ ।
काठमाडौँमा आज बसेको बैठकमा अन्य दलहरूसँग पनि छलफल गरेर मात्र सभामुखका लागि उम्मेदवारी दिने वा नदिने विषयमा टुङ्गो लाग्ने पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।
प्रवक्ता महतका अनुसार सभामुखको मनोनयन दर्ताअघि नै सहयोगी दल र गठबन्धनमा सहभागी दलसँग पनि छलफल गरी समझदारीका आधारमा अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्