तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाका एमाले जिल्ला सचिव थोकरद्वारा राजीनामा घोषणा

काठमाडौंं। दोलखा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । 

मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजीनामा दिने घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गर्नुभएपछि एमालेलाई दोलखामा धक्का लागेको छ ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । दोलखामा अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button