तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान समीकरण तोड्न दिँदैनौँ : उपाध्यक्ष पौडेल

चितवन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले चितवनको ११ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समीकरण कुनै हालतमा नतोडिने बताउनुभयो । ‘वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको छ, उहाँले भन्नुभयो, तर यो समीकरणलाई तोड्न दिँदैनौँ । यो गठबन्धन चुनावसम्मै जान्छ ।’

पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतिबाट कांग्रेस पछि हटिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button