डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी
डोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी हुनुभएको छ ।
बुढा ११ हजार दुई सय २५ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । बुढाले पाँच हजार सात सय २७ मतान्तरले नेकपा (एमाले)का गणेशबहादुर शाहीलाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले पाँच हजार चार सय ९८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्