नेपालको सुखद् शुरुवात, बंगलादेशमाथि सहज जित
अजय बम । दक्षिण एसियाली खेलुकद साग अन्तर्गत बुधबारदेखि भलिबल खेल शुरु भएको छ । पहिलो खेलमा नेपालले बंगलादेशमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।
समूह ए मा रहेको नेपालले विहिबार भारतसँग खेल्ने छ । बुधबार नै भएको अर्को समूह बीको खेलमा भने माल्दिभ्सले वाक ओभर पाएको छ । पाकिस्तानको महिला भलिबल टिम नआएपछि समूहमा माल्दिभ्स सिधै तीन सून्यको सेटले विजयी भएको घोषणा गरिएको थियो ।
नेपाली महिला भलिबल टिमले जितका साथ प्रतियोगिता सुरु गरेको छ । जसमा नेपाली महिला टिमले पहिलो खेलमा बंगलादेशमाथि तीन शुन्यको सहज जित हात पार्यो ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको खेलमा नेपालले बंगलादेशमाथि तीन शुन्यको सेटमा पाखा लगायो । जसमा नेपालले २५–९, २५–८, २५–११ को सेटमा हरायो ।
ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवैले डेब्यु गरेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्