पहाडी भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेकोछ ।
मंगलबार पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम विश्लेषण) Meteorological Analysis):
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको मध्य भुभाग लगायत पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलि रहेको छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर ३ गते (मंगलबार)
दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसीर ४ गते (बुधबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसीर ५ गते (बिहिबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ।
राती: देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
छैन
प्रतिक्रिया राख्नुहोस्