इटहरी उपमहानगरपालिकाका नव निर्वाचित मेयरद्वारा शपथ ग्रहण
सुनसरी । इटहरी उपमहानगरपालिकाका नव निर्वाचित मेयर हेमकर्ण पौडेलले शपथ ग्रहण गर्नुभएको छ ।
जिल्ला निर्वाचन अधिकृत समेत रहनुभएका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसमक्ष नव निर्वाचित मेयर पौडेललाई शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
योसँगै नव निर्वाचित मेयर पौडेलले इटहरीका उपमेयरसहित वडामा निर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्