अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भट्ट विजयी
डडेलधुरा । डडेलधुराको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उमेश भट्ट विकास विजयी भएका छन् । उनीसँग नेकपा एमालेका उम्मेदवार पदम पाल १७२ मतान्तरले पराजित भए ।
भट्टले २४६९ मत ल्याएका थिए भने पालले २२९७ मत ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार बसन्ती पाल २५६५ मत ल्याई विजयी भइन् । माओवादी केन्द्रकी उम्मेदवार कलापती भाणले २३०९ मत ल्याइन् ।
माओवादी केन्द्रले वडा नं २ र ४, काँग्रेसले वडा नं.१ र ६, नेकपा एमालेले ५ र ७ तथा वडा नं. ३ मा स्वतन्त्र उम्मेदवारले अध्यक्षमा विजय हासिल गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्