आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठ जनाको हत्या
बग्दाद । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् ।
ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रवार राति उनीहरूले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।
सो आक्रमणमा परेर अरू १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्याइएको छ ।
उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।
उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।रासस/सिन्ह्वा
प्रतिक्रिया राख्नुहोस्