तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उपनिर्वाचन :  किरात धर्मगुरु  आत्मानन्द लिङ्देन द्वारा मतदान

इलाम I इलाम  २ उपनिर्वाचनमा मतदान जारी छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङले मतदान गर्नु भएको छ । उहाँले  माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मावि भालुटार मतदान केन्द्र ‘क’ बाट बिहान ७ बजे  मतदान गर्नु भएको हो । 

इलाम २ का  ७९ मतदानस्थलका  १ सय ४९ वटै मतदान केन्द्रमा  मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बताउनु भयो । इलाम २ भर समग्रमा करिब २० प्रतिशत मतदान भएको घिमिरेले  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button