तपाईँ सुन्दै हुनुहुन्छः

कानुन दिवस मनाइयो    

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ का अवसरमा सर्वोच्च अदालतद्वारा अदालत परिसरमा आयोजित जलपान समारोहमा सरिक हुनुभयो । 

जलपान समारोहमा सहभागी पाहुनाहरूलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गर्नुभयो । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकृत सहभागी रहनुभएको थियो ।    

समारोहमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, सर्वोच्च बार एसोसिएनका अध्यक्ष तथा पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू तथा सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।  

नेपालमा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा वैशाख २६ गते कानुन दिवस मनाउने गरिएको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button