सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका चुडाल र सुवेदी अनुमोदित
काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाई समितिको आज सिंहदरवारमा बसेको बैठकले न्याय परिषद्वारा सर्वाेच्च अदालतको न्यायाधीशको नियुक्तिका लागि प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसहमतिले अनुमोदन गरेको छ ।
गत फागुन २८ गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीशद्वय चुडाल र सुवेदीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्