मंगलबार नेप्सेमा सामान्य सुधार
काठमाडौं । गत आठ दिनदेखि लगातार बढेर नयाँ रेकर्ड बनाउदै आएको नेपाली शेयर बजारको परिसूचक नेप्समा नवौं दिन मंगलबार सामान्य सुधार भएको छ ।
पुस २२ गतेदेखि लगातार बढ्न थालेको नेप्से सूचकमा १५२ अंकको वृद्धि भएपछि माघ ६ गते मंगलबार भने ५ अंकको करेक्सन भएको हो ।
यस दिन नेप्से सूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा झरेको छ । पुस २२ गते २१७८ विन्दुमा रहेको नेप्से सूचक लगातार ८ दिनसम्म बढेर २३३२ विन्दुमा पुगेको थियो ।
नेप्से सूचकमा सामान्य करेक्सन देखिए पनि कारोबार रकम भने अझै ७ अर्ब रुपैयाँभन्दा माथि नै रहेको छ । मंगलबार २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया राख्नुहोस्