तपाईँ सुन्दै हुनुहुन्छः

छिचाेलियाे सुनकोसी मरिण डाइभर्सन सुरुङ,मधेशका किसान हर्षित

खुरकोर्ट (सिन्धुली) । तराई मधेशको पाँच जिल्लामा भरपर्दो र बाह्राै महिना सिँचाइ सुविधा दिने गरि सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण सम्पन्न भएको समाचारले यस क्षेत्रका नागरिकहरूमा नयाँ उत्साह थपिएको छ ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेश प्रधेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका १ लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा सिँचाइ सेवा दिने लक्ष्य लिएको समाचार सुनेपछि सिँचाइको अभावले पीडित बनेका यस क्षेत्रका किसानहरूमा आशाको सञ्चार प्रवाहित भएको छ ।

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको खन्ने काम सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज बिहान ११ बजेपछि ब्रेक थ्रु गर्ने र त्यसमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव अतिथिको रुपमा सहभागी हुने भएकाले यस परियोजनाको महत्व मधेश प्रदेशका लागि कति रहेको छ त्यो दर्शाउने काम भएको आयोजनाका प्रमुख मित्र बरालको कथन छ ।

शुरुको चरणमा सुनकोशीको पानी मरिन नदिमा खसालेर बागमती नदिमा लाने योजना आयोजनाको रहेको छ । बागमतीमा पानी पुगेपछि यसको वितरण चुनौतीपूर्ण रहेको छ । बागमती सिँचाइको नहर प्रणालीको प्रयोग गरेर वितरण गर्ने योजना भएपनि अहिले पनि धेरै भागमा किसानहरूको खेतमा सहायक नहर पुगेको छैन । बागमती सिँचाइ योजनाले ४५ बजार ६ सय हेक्टर कृषि योग्य भूमिमा मात्र सिँचाइ सेवा दिइरहेको छ ।  

खास गरेर बागमती सिँचाइ योजनाले रौतहट तथा सर्लाही जिल्लामा सिँचाइ सेवा पुर्याउदै आएको छ । दुई जिल्लाका पनि धेरै खेतहरूमा नहर पुग्न बाँकी नै रहेको छ । साथै अन्य जिल्लामा भएका नहर प्रणालीसँग जोडनका लागि थप समय लाग्ने अवस्था रहेको छ । तर पनि यो सिँचाइ योजना नेपालको पाँच जिल्लाको किसानहरूका लागि बरदान सावित हुने भएकाले किसानको खेत खेतमा सिँचाइ सुविधा प्रदान गर्नका लागि सहायक नहर प्रणालीको विकासमा राज्यले विशेष ध्यान दिनु पर्ने आवश्यकता रहेको धनुषाका धनौजीका अगुवा किसान धनीकलाल साहको धारणा रहेको छ ।

धनुषामा कमला नहर प्रणालीले जिल्लाको पूर्वी भेगमा सिँचाइ गरेपनि मध्य तथा दक्षिण, पश्चिमको भागमा पानी पुग्न नसकेपछि धेरै खेतहरू बाँझो रहेको छ भने किसानहरू कृषि कर्मबाट पलायन हुने क्रम जारी नै रहेको छ । महोत्तरी जिल्लामा सिँचाइको निक्कै कम सुविधा रहेको छ । महोत्तरीमा सिँचाइका लागि धेरै पूर्वाधारको निर्माण गर्नु पर्ने आवश्यकता रहेको पिपरा गाउँपालिका किसान तेजनारायण दासको कथन रहेको छ । नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्नका लागि सुनकोशी मरिनको पानी कमला नदीमा खसाल्ने कामको थालनी गर्नु पर्ने अवस्था रहेको धनुषाका किसान ब्रह्मदेव यादवको रहेको धारणा रहेको छ ।

देशको सम्पूर्ण जनसङ्ख्यालाई पाल्न सक्ने किसिमको क्षमता भएको मधेश प्रदेशका ८ वटै जिल्लामा जनताको खेत खेतमा बाह्रै महिना सिँचाइ सेवा पुगेको खण्डमा नेपालमा वर्षेनी रुपमा भारतसहितको देशबाट आयात हुने गरेको अरबौँको धान, गहुँ, तेलहन, दलहन सहितका खाद्यान्न बाली स्वदेशमा नै उत्पादन गर्ने सम्भावना रहेको छ । मधेशको माटो भारतको पञ्जाव तथा हरियाणा भन्दा पनि बढी उर्वर रहेको कृषि विज्ञहरूले बताउँदै आउनु भएकाले यसको सही व्यवस्थापन आवश्यक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button