तपाईँ सुन्दै हुनुहुन्छः

रारा पर्यटकीय मार्ग बिस्तारको काम सुरु

मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा अवस्थित पर्यटन विकासको प्रबल सम्भावना रहेको नेपालकै ठुलो र गहिरो ताल रारा जाने छोटो मार्गका रुपमा बाटोको बिस्तार गर्ने काम थालिएको छ । नेपाल सरकार सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिका तलीतुम देखी वडा न(३ लामाचौर सम्मको सडक बिस्तार गर्ने काम थालिएको हो ।

विशेष गरि गमगढी बाट रारा जान पैदल दुरीमा २ घण्टा लाग्ने र गाडीमा घुमाउरो बाटो जाँदा बढी समय लाग्ने भएकाले गमगढी लामा चौरको दुरी अत्यन्तै छोटो र छिटो रारा पुगिने भएकाले यस सडक बिस्तारको काम अघि बढेको सडक डिभिजन कार्यालयका इन्जिनियर वीर बहादुर जिटीले जानकारी दिनु भयो ।


नेपालकै गौरवको रूपमा रहेको रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक बिस्तार गर्ने काम अघि बढेको इन्जिनियर जिटीले जानकारी गराएका छन्सडक बिस्तारको कामको जिम्मा विनम्र निर्माण सेवा सुर्खेतले लिएको छ ।


यस मार्गको जम्मा लागत रू ५५ लाख ४ हजार ७ सय ७५ रुपैयाँ रहेको यस पर्यटकीय सडक मार्गको २०८१ आषाढ मसान्त सम्म निर्माण गरि सक्नु पर्ने छ भने २०८० असोज २४ गते सम्बन्धित निर्माण कमिनी र सडक डिभिजन कार्यालय जुम्ला बिच दुईपक्षिय ठेक्का सम्झौता भएको थियो ।


यस पर्यटकीय मार्गको बिस्तारको काम हाल धमाधम भइरहेको छ । झण्डै ३ किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडक मार्गमा १ दशमलव ५ किलोमिटर सम्म ४ मिटर चौडाइको ग्राभेल, झण्डै ४५० घनमिटरको ग्याबिन जाली र २ दशमलव ५ किलोमिटर सडक चौडा पार्ने काम हुने सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ । रारा पर्यटकीय मार्गको बिस्तारको काम सकिएको खण्डमा गमगढीवासीका साथै कर्णाली करिडोर हुँदै गमगढी आएका पर्यटकहरूलाई रारा ताल पुग्न निकै सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button