आधारभुत तहका जनताले खानेपानी सहज रुपमा पाउने व्यवस्था हुनु पर्नेमा जोड
काठमाडौँ– संसदको विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल शुरु भएको छ ।
समितिले आज संशोधनकर्ता सांसदसहित विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो । छलफलमा खानेपानी मन्त्री विना मगरले खानेपानी र सरसफाई सम्बन्धी हालसम्म स्पष्ट कानुन नभएका कारण विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।
मन्त्री मगरले खानेपानीको स्रोत पहिचान र संरक्षण, तीनै तहको सरकारबीचको खानेपानी तथा सरफाई आयोजना सञ्चालन र समन्वय, सवै तहका जनतामा समान रुपमा पानीको वितरण, पानी प्रशोधन, खानेपानी निर्यात, नदिनाला तथा पोखरीको पानी सरसफाईको मापदण्ड निर्धारणलगायतका विषय विधेयकमा समेटिएको जानकारी दिनुभयो ।
छलफलमा सांसदहरुले पानीको स्रोत संरक्षण, सिमसार क्षेत्रको संरक्षण, भूमीगत पानीको अप्राकृतिक दोहन रोक्ने र आधारभुत तहका जनता सम्म खानेपानीको पहुँच पु¥याउने विषयलाई वधेयकले समेट्नु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले देशका विभिन्न भागमा पानीको मुहान सुकेर थपिएको चुनौति अन्त्य गर्ने, पहाडी क्षेत्रमा अवैज्ञानि रुपमा सडक लगायतका भौतिक पूर्वाधार निर्माणले गर्दा पानीको स्रोत र वितरणमा पारिरहेको प्रभाव रोक्ने, पानी वितरणमा हुने गरेको लापरर्वाही र भेदभाव अन्त्य गर्ने गरी विधेयक समृद्ध बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्