सार्वजनिक गरियो यू–१९ एसिया कपको ट्रफी
काठमाडौं । श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागि हुने सबै टिम क्याप्टेनसहित ट्रफी बुधबार सार्वजनिक गरिएको हो ।
यो पटक यू–१९ एसिया कप क्रिकेट नेपालले पनि खेल्दै छ । नेपाली टिमको नेतृत्व रोहित कुमार पौडेलले गरेका छन् भने प्रशिक्षकको जिम्मेवारीमा विनोद दास छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेल आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्