लिस्नु कप फुटबल अर्को साता शुरु हुने
रुपन्देही । रुपन्देहीमा आयोजना हुदै आएको लिस्नु कप फुटबल प्रतियोगिताको १९ औं संस्करण अर्को साता सुरु हुने भएको छ ।
आयोजक लिस्नु युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २१ गते असोज ३ गते सञ्चालन हुने जानकारी दिएको छ ।
प्रतियोगितामा यस पटक प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलपस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङजा र प्रदेश ३ को चितवन जिल्लाको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिनुभयो ।
रुपन्देहीको कोटिहवास्थित पशुपति उच्च माविको मैदाननमा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ तथा दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्