तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहको समन्वय विना दिगो विकास असम्भव: मुख्यमन्त्री कंडेल 

सल्यान  । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले तीनै तहको समन्वयमा मात्र दिगो विकास सम्भव नहुने बताउनुभएको छ । तीन तहका सरकार र राजनीतिक दल हातेमालो गर्दै अघि बढे गन्तव्यमा पुग्न सकिने बताउनु भयो । 

बिहीबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री कंडेलले सरकारमा दल परिवर्तन भए पनि सहकर्मी दलले नै बनाएको नीति तथा कार्यक्रम र बजेटलाई निरन्तरता दिएको बताउनु भयो । सबै पक्ष एक भएर हिँडेँ मात्र प्रदेशको बजेट विनियोजन तथा विकासको काम प्रभावकारी हुने उहाँको दाबी छ । 

‘विगतमा प्रदेशबाट धेरै योजनाहरू पर्ने गरेको तर परिणाम देखाउन नसकेको अवस्थामा अब भने परिणाममुखी कार्य गर्ने गरी सरकार लागि परेको बताउनुभयो ।’ उहाँले भन्नुभयो विगतदेखि अनुदानका नाममा धेरै बजेट जिल्ला जिल्ला पुगेको छ तर उक्त अनुदानको परिणाम कहीँ कतै देखिँदैन । 

‘अख्तियारी समयमा नै आएपनि असारमा नै विकास निर्माणका काम गर्ने परिपार्टीले पनि देखिने गरी विकास निर्माण नदेखिने बताउँदै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता समयमा नै बजेटको कार्यान्वयन गर्ने र असारे बजेटलाई अन्त्य गर्ने रहेको छ ‘उहाँले भन्नुभयो ।

विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले अतिरिक्त शुल्क तिर्नु पर्ने परिपार्टीको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई समेत निर्देशन दिइसकेको मुख्यमन्त्री कंडेलले बताउनुभयो । कसैले तोकेभन्दा बढी शुल्क लिएको पाइए तुरुन्तै कारवाहीको दायरामा ल्याइने समेत उहाँको दाबी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button