तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई तरकारी उत्पादनका लागि तालिमकाे आयोजना गरिए पनि प्रभावकारी हुन सकेन

वीरगञ्ज । पर्साका ग्रामीण किसानहरूलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि विभिन्न तालिमको आयोजना गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन ।

किसानहरूको जीवन स्तर उकास्न तथा युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न पालिकाहरुले लाखाँै रकम खर्च गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । तर, कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन ।

पर्सा जिल्लाका ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासहित अन्य पालिकाले सङ्घीयता लागू भएको करिब सात वर्षमा यस्ता कार्यक्रमका लागि करोडौँ रकम खर्चेका छन् । तर, उत्पादन तर उपलब्धी भने शुन्य देखिन्छ ।

व्यावसायिक तथा परम्परागत तरिकाले तरकारी उत्पादन गर्दै आएका किसानहरू अहिले पनि सोही तरिकाले तरकारी उत्पादन गरिरहेका छन् । युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले जनप्रतिनिधिहरूले मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि तालिमको आयोजना गर्ने कार्यक्रममा सहभागीहरूले सहभागिता मात्रै जनाएका छन् ।

उनीहरूले तालिममा सिकेका विषयहरू व्यवहारमा लागू गर्ने वातावरण भने निर्माण गरिएको छैन । लामो समयदेखि तरकारी खेती गर्दै आएका पटेर्वासुगौली गाउँपालिका वडा–४ दाप सुगौली निवासी जगत नारायण पञ्जियारका अनुसार पालिकाले बजेट खर्च गर्नका लागि मात्र तालिमको आयोजना हुने गरेको बताउनुभयो । तालिममा लक्षित वर्गलाई नसमेटी जनप्रतिनिधिहरूले आफ्ना आसपासेलाई पठाउने गरेको पञ्जियारको भनाई छ । तालिममा सहभागीहरूले पनि भत्ता खाने बाहेक अरू कुनै पनि क्रियाकलाप नगर्दा पालिकाको लाखौँ रकम स्वाहा हुने गरेको पञ्जियारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button