तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई

स्याङ्जा । स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै बिरुवाले उपाधि जितेको हो ।

स्याङ्जा आइसिसी कपको उपाधिसँगै बिरुवाले नगद १ लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । पराजयसँगै पुतलीबजार नगरपालिकाले द्धितिय स्थानमा चित्त बुझाउनुपरेको छ ।

द्धितिय भएको पुतलीबजार नगरपालिकाले नगद १ लाख र तृतीय भएको भीरकोट नगरपालिकाले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना कालीगण्डकी नगरपालिका भएको छ । सान्त्वना भएको कालीगण्डकीले २५ हजार नगद र ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले खेल तथा खेलाडीको विकासका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना समाजका अध्यक्ष विरेन्द्रजंग केसीले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागिता रहेको थियो । साथै प्रतियोगिताको समापनका अवसरमा राष्ट्रिय कलाकारहरू पशुपति शर्मा, शिव हमाल, रामजी खाँण लगायतका दर्जन कलाकारले साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button