तपाईँ सुन्दै हुनुहुन्छः

साहसिक खेल विधा प्रदेशको प्राथमिकता : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी सँगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको हो । ‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मेहनत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउने गरी आफ्नो भूमिका बढाउनु होला’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, –‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय बनाएका छौँ । अव युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’

मुख्यमन्त्री सँगको भेटमा गिरीले आफूले विभिन्न पाँच वटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराउनुभएको थियो । राप्ती गाउँपालिका–४ मौरीघाट निवासी गिरीले भर्‍याङको ५० खुड्किला हातले टेकेर सबै भन्दा छिटो हिँड्ने विधा १२.६५ सेकेण्डमा पुरा गरी विश्व रेकर्ड बनाउनुभएको थियो । त्यसपछि सोही विधाको ७५ खुड्किला २५.०३ सेकेन्डमा दोस्रो विश्व रेकर्ड कायम गर्न सफल भएको, खुट्टाको विचमा फुटबल च्यापेर ५० मिटर समथर जमिनमा उल्टो भई छिटो हिँडेर २५.५८ सेकेण्डमा तेस्रो रेकर्ड कायम गरेको, सोही विधामा १० मिटर ४.४९ सेकेण्डमा चौथो रेकर्ड बनाउन सफल भएको जानकारी उहाँले दिनुभयो ।

यस्तै टायरलाई सन्तुलन गर्दै एक मिनेटमा १२० पटक स्किपिङ खेली पाँचौँ विश्व कृतिमान बनाउन पनि उहाँ सफल हुनुभएको थियो । हालै नेपाली सेनाले गिरीलाई नगदसहित पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button