तपाईँ सुन्दै हुनुहुन्छः

एक दिवसीय क्रिकेट : गण्डकी क्रिकेट क्लब बाहिरियो

पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ मा समूह सि बाट गण्डकी क्रिकेट क्लब बाहिरिएको छ । मङ्गलवार अरण्यज्योती क्रिकेट क्लबसँग ७६ को फराकिलो रनको हार व्यहोरेसंगै गण्डकी समूह चरणबाटै बाहिरिएको हो ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियन सिप २०८१’ को समूह सि तर्फको खेलमा १ सय ३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट भएको थियो ।

टस जितेर ब्याटिङ थालेको अरण्यज्योतीले ३८.६ ओभरमा १ सय ३६ बनाउदै अलआउट हुन पुगेको थियो ।

समूह सि मा अरण्यज्योती र राइजिङ पोखरा क्रिकेट क्लबको सेमिफाइनल सम्भावना कायमै रहेको छ । दुवैको १/१ खेलबाट समान २ अङ्क छ ।

१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगितामा सङ्घमा आबद्ध क्लबको मात्र सहभागिता रहेको छ ।

सो प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताको समूह ए मा साङ्ग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समूह बि मा माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब रहेका छन् भने समूह सि मा राइजिङ क्रिकेट क्लब, अरण्यज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button