तपाईँ सुन्दै हुनुहुन्छः

‘मेला सम्पन्न गर्न तिनै तहका सरकारबिच सहकार्य आवश्यक’

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न तिनै तहका सरकारबिच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

बहुचर्चित शक्तिपीठ गढीमाईको पञ्चवर्षीय महामेला २०८१ को पूर्व तयारीको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले मेलाको बहुपक्षीय व्यवस्थापनमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबीच समन्वय र सहकार्यले मात्र मेला भव्य रुपमा सम्पन्न हुने बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्री यादवले बाराको बरियारपुर, गञ्जभवानीपुर तथा पर्सा जिल्लाको लालपर्सा खानेपानी आयोजनाको समस्या समाधानका लागि संघीय खानेपानी मन्त्रालय र प्रदेश मन्त्रालयले अविलम्ब पहल गरी खानेपानी सुचारु गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बाराबाट निर्वाचित सांसद किसान श्रेष्ठ, बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, खानेपानी मन्त्रालयका सहसचिव मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, प्रदेशका खानेपानी मन्त्रालयका सचिव, महाशाखा प्रमुख, डिभिजन प्रमुख लगायत स्थानीय जनप्रतिनिधि एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button