तपाईँ सुन्दै हुनुहुन्छः

जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

सुर्खेत । जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले गुटुबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय गुटुबाट खटिएको संयुक्त प्रहरी टोलीले आज जिल्लाको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्टलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

प्रतिवादी बिष्टले २०५७ साल असोज १ गते विवाहको प्रलोभन दिएर सुर्खेत जिल्ला साविक गुटु गाउँ विकास समिति–८, घर भएकी २१ वर्षिया नामसरा देवी कँडेललाई भारतको गोरखपुरमा लगेर अपरिचित भारतीय नागरिकलाई १५ हजारमा बेचेको आरोप थियो । त्यसपछि नामसरा देवीका आफन्तले प्रतिवादी बिष्टका नाममा २०५८ साल मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गराएका थिए । 

मुद्दा दर्तापछि फरार प्रतिवादी विष्टलाई खोजतलास गर्ने क्रममा २४ वर्षपछि पक्राउ गरी थप आवश्यक अनुसन्धान कार्य शुरु गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button