तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ६९ औँ प्रहरी दिवस २०८१ विशेष कार्यक्रम गरि मनाइयो

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले ६९ औँ प्रहरी दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

दिवसको अवसरमा जिल्ला स्थित विभिन्न प्रहरी युनिट बीच भएका विभिन्न खेलकुद कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने खेलाडी, उत्कृष्ट प्रहरी कर्मचारी, जग्गा दाता, अम्मर प्रहरी परिवारका सदस्य, भूपू प्रहरीलाई अतुलनीय सहयोग गर्ने विभिन्न क्षेत्रका महानुभावलाई कार्यक्रममा सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव निरीक्षक ईश्वरी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा गोरख बक्सका गणपति संगम अधिकारी, अछाम जिल्ला अदालतका श्रेष्तेदार उपसचिव राइभान कुनजेडा, सामुदायिक प्रहरीका जिल्ला अध्यक्ष बृख बहादुर बोगटी, पत्रकार महासङ्घ अछामका पूर्व अध्यक्ष जनक भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिले प्रहरीले जनताको सेवा गर्न जस्तो सुकै परिस्थितिमा पनि खटिनुपर्ने र नागरिकले पनि प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै अहिलेको समयमा प्रहरी जवानको तलब एकदमै न्यून रहेकाले सरकारले वृद्धि गर्नुपर्ने बिचार समेत राख्नुभयो ।

कार्यक्रममा साँफेबगर नगरपालिकाका निवर्तमान उपप्रमुख विमला बुड्थापा, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गाना, कोष तथा लेखा नियन्त्रक प्रमुख, अनुसन्धान अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञ ढुङ्गाना, निर्माण व्यवसायी संघका अध्यक्ष दीर्घ ठकुल्ला, साँफेबगर हाटबजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर, सामुदायिक प्रहरीका पूर्व जिल्ला अध्यक्ष माना भण्डारी, जेसिस अछामका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय, पत्रकार, भूतपूर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्य, प्रहरी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

अमर प्रहरीको शालिकमा माल्यार्पण सहित सञ्चालन भएको कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button