तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेस-एमाले नेतृत्वको सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार: महासचिव  पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काङ्ग्रेस एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताउनुभएको छ । 

तुलसीपुर-१६ दाङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै  महासचिव पोखरेलले दलहरू धेरै हुँदा सरकार अस्थिर भएको भन्दै स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताउनुभयो । उक्त भेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१६ वडा कमिटी अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम् महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button