तपाईँ सुन्दै हुनुहुन्छः

विकासमा राजनीतिक सहमति आवश्यक : महासचिव पोखरेल

तुलसीपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ ।

गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्‍याउन आग्रह गर्नुभयो ।

महासचिव पोख्रेलले केपी शर्मा ओली नेतृत्वको सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपाती नयाँपन, पूर्वाधार निर्माण ,रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा घोराही तुलसीपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button