तपाईँ सुन्दै हुनुहुन्छः

घुमुवा भन्दै रकम असुल्ने प्रहरीको फन्दामा 

रौतहट   । प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय व्यवसायी सँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका‍-२ निवासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । उनको साथ बाट प्रहरीले २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान १, नगद  १७ हजार, ९सय ३५ रुपैयाँ र  प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद जिल्ला प्रहरी कार्यालय रौतहट बाट प्रेषित सूचनामा जनाइएको छ । ३५ वर्षीय बैठाले परोहा–२ लाल बकैयाको एकान्त बाटोमा कुरेर आवतजावत गर्ने व्यवसायी सँग जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक दिलीप घिमिरेको सादा पोसाकको प्रहरी हुँ भन्दै  रकम असुली गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटि गएका प्रहरी नायब उपरिक्षक राजन कार्कीको नेतृत्वको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बैठामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दीपक कुमार रायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button