तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिपूर्ण रूपमा करिब ६ सय दुर्गा मूर्ति विसर्जन

नेपालगन्ज । बाँकेमा शान्तिपूर्ण रुपमा दुर्गा मूर्ति बिसर्जन गरिएको छ । घटस्थापनाका दिन नेपालगन्जका विभिन्न चोक र गल्लीमा राखिएका दुर्गा मूर्ति राप्ती नदीस्थित सिधनिया घाटमा बिसर्जन गरिएको हो ।

दुर्गा मूर्ति विसर्जनलाई व्यवस्थित र मर्यादित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको थियो । कुनै अप्रिय घटना हुन नदिन ड्रोनबाट समेत अवलोकन गरिएको थियो । दुर्गा मूर्ति बिसर्जन गर्न निकालिएको र्‍यालीलाई व्यवस्थित बनाउन १३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

संवेदनशील ठाउँको पहिचान गरी घरको छतबाट समेत प्रहरीले निगरानी गरेको थियो भने सादा पोशाक प्रहरीले पनि निगरानी गरेको एसपी कार्कीले बताउनुभयो । जिल्लामा करिब ६ सय मूर्ति विसर्जन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button