तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरोको असर: झापामा तरकारी दोब्बरले महँगियो

भद्रपुर, झापा । हालैको बाढीपहिरोका कारण सडक अवरुद्ध भई आपूर्ति असहज हुँदा झापामा तरकारीको मूल्य दोब्बर बढेको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार सबैभन्दा बढी टमाटर महँगिएको छ । टमाटरको थोक मूल्य नै १४० रुपैयाँ प्रतिकिलो पुगेको छ भने खुद्रा मूल्य दुईसम्म पुगेको बताइएको छ ।

मेची राजमार्ग अवरुद्ध हुनु तथा पहाडमा पहिरो र झापाका केही क्षेत्र डुबानमा पर्दा तरकारी बालीमा क्षति पुगेका कारण झापाका बजारमा तरकारीको मूल्य दोब्बर भएको कृषि उपज बजार बिर्तामोडका अध्यक्ष कृष्ण पौडेलले बताउनु भयो ।

झापामा ठूलो मात्रामा तरकारी इलाम, पाँचथर र धनकुटाबाट आयात हुने गर्छ । 

जिल्लाका सबै बजारमा आलु, गाँजर, भन्टा, बोडी, तिते करेला, घिरौँला पनि महँगिएको छ । फर्सी र परवर केही सस्तिएको छ ।

बिर्तामोड कृषि थोक बजारमा प्याज प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको छ । रातो आलु ८०, पहाडी काउली १००, भन्टा ८०, घिउ सिमी १४०, टाटे सिमी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी ७०, भिन्डी १२०, बरेला (चुच्चे करेला) १३०, रायो साग १०० रुपैयाँ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button